काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।

सभापति गगन थापासँग भएको भेटपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन्। थापाले रिजाललाई उपसभापति पदमा उम्मेदवारी नदिन आग्रह गरेका थिए।

ADVERTISEMENT

थापाले महाधिवेशनपछि उपयुक्त जिम्मेवारीमा व्यवस्थापन गर्ने आश्वासन दिएपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएको बताइएको छ।

ADVERTISEMENT

रिजालले थापासँग भएको भेट तथा उम्मेदवारी फिर्तासम्बन्धी कुराकानीको भिडियोसमेत आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेका छन्।

रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार थापाले सार्वजनिक रूपमै तथा व्यक्तिगत भेटमा समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। उनका अनुसार महाधिवेशनपछि रिजाललाई उचित पदमा व्यवस्थापन गर्ने आश्वासन थापाले दिएका छन्।

ADVERTISEMENT

रिजालले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसको उपसभापति पदको प्रतिस्पर्धामा नयाँ समीकरण बन्ने देखिएको छ।