काठमाडौँ । मनसुन बाहिरिएको ठानेर ढुक्क भएका राजधानीवासीलाई अचानक भएको वर्षाले फेरि झस्काएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लगातार लामो समयसम्म झरी नपर्ने जनाएको छ ।

ADVERTISEMENT

मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने भए पनि निरन्तर झरी पर्ने अवस्था भने छैन । वर्षा छोटो समयका लागि हुने सम्भावना रहेको उनको भनाइ छ ।

ADVERTISEMENT

विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव कायम छ ।

त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

ADVERTISEMENT

यसको प्रभावले आगामी केही दिन देशका विभिन्न स्थानमा मौसम बदलीसँगै वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।