काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई लापरबाहीपूर्ण ढंगले मोटरसाइकल चलाएको आरोपमा प्रहरीले कारबाही गरेको छ।
प्रहरीका अनुसार ट्राफिक नियमको उल्लंघन गर्दै मोटरसाइकल चलाएको पाइएपछि राईमाथि आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको हो।







