काठमाडौँ । काठमाडौँको यूएन पार्कअगाडि रहेको एक भवनमा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेतर्फ रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालनमा थियो ।
केहीबेरअघि लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको छ । आगलागी नियन्त्रणका लागि दमकल घटनास्थल पुगेका थिए ।
आगलागीको कारण र त्यसबाट भएको सम्भावित क्षतिबारे थप विवरण आउन बाँकी छ ।












