काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र जेनजी अभियन्ता रक्षा बमबीच सामाजिक सञ्जालमार्फत अभिव्यक्ति आदानप्रदान भएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म संसद् खुलेको मान्न नसकिने धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत खुलामञ्चमा नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए।

ADVERTISEMENT

शाहको उक्त टिप्पणीपछि जेनजी अभियन्ता रक्षा बमले पनि फेसबुकमार्फत प्रतिक्रिया दिएकी छन्। उनले जेनजी आन्दोलनका क्रममा युवाहरूले रगत बगाएको, घाइते तथा सहिद भएको उल्लेख गर्दै त्यसबाट राजनीतिक नेतृत्वमा पुगेकाहरूको राजनीतिक संस्कारमाथि प्रश्न उठाएकी छन्।

ADVERTISEMENT

बमले लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’

प्रधानमन्त्री शाहको टिप्पणी कांग्रेस महाधिवेशनमा आफूविरुद्ध भएको आलोचनाप्रतिको प्रतिक्रियाका रूपमा आएको बुझिएको छ। कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको थियो।

ADVERTISEMENT