काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आगामी भदौ २३ गते ‘जेनजी शहीद स्मृति दिवस’ मनाउने भएका छन्।

जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा स्मृति दिवस आयोजना गर्ने जानकारी दिएका हुन्।

जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले स्मृति दिवसको आयोजक शहीद परिवार र घाइतेहरू नै भए पनि कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा खर्च सरकारले व्यहोर्नुपर्ने माग गरे।

ADVERTISEMENT

उनले शहीद तथा घाइते परिवार आर्थिक रूपमा कमजोर रहेको भन्दै सरकारले कार्यक्रमको स्वामित्व लिनुपर्ने बताए। उनका अनुसार आगामी असोज १५ गतेदेखि सोही भवनमा सातदिने महायज्ञ आयोजना गर्ने तयारीसमेत गरिएको छ।

ADVERTISEMENT

चौलागाईंले महायज्ञको व्यवस्थापनमा पनि सरकारले सहयोग गर्नुपर्ने माग राखे। यस विषयमा गृहमन्त्रीसँग छलफल भए पनि अहिलेसम्म ठोस जानकारी नआएको उनको भनाइ छ।

ADVERTISEMENT

सरकारले यसअघि नै हरेक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ।