काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन्।

जेनजी शहीद दिवसको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै प्रधानमन्त्री शाहले सुशासन कायम गर्ने बताएका हुन्। जेनजीलाई सम्बोधन गर्दै शाहले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ।’

ADVERTISEMENT

गत वर्ष भदौ २३ गते सुशासनको माग गर्दै जेनजी आन्दोलन भएको थियो। जसको बलमा सत्ता परिवर्तनपछि भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको हो।

ADVERTISEMENT

यसै अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा पनि दिएको थियो। प्रधानमन्त्री शाहले पनि सामाजिक सञ्जालमार्फत जेनजी शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।