काठमाडौं ।  काठमाडौँको मुख्य सहरी क्षेत्रमा आज र भोलि लामो सयमसम्म विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिरकणले शनिबार सूचना जारी गर्दै शनिबार र आइतबार काठमाडौँको थापाथली, त्रिपुरेश्वर, बबरमहल, सुन्धारा, रानीपोखरी लगायतका दर्जनौँ ठाउँमा ३ घण्टादेखि ७ घण्टासम्म विद्युत् आपूर्ति कटौती गर्न लागिएको जानकारी दिएको हो।

ADVERTISEMENT

रत्पार्क वितरण केन्द्र अन्तर्गतका केही फिडरहरुबाट सुन्धारा स्वीचिङ स्टेसनमा लोड सिफ्ट गर्ने प्रयोजनको लागि विद्युत् कटौती गर्न लागिएको सूचनामा उल्लखे छ।

ADVERTISEMENT

हेर्नुहोस् थप विवरण 

ADVERTISEMENT