काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली फिल्म ‘मालती मंगले’को प्रिमियर समारोहमा सहभागी भएका छन्। गायक रामकृष्ण ढकालले निर्माण गरेको उक्त फिल्मको प्रिमियर काठमाडौंस्थित लबिम मलमा भइरहेको छ।

प्रिमियर समारोहमा सहभागी भएका लामिछानेले हाल फिल्म हेरिरहेका छन्। रवि लामिछाने र रामकृष्ण ढकालबीच लामो समयदेखिको मित्रता रहेको बताइन्छ। लामो समयपछि रवि कुनै फिल्मको प्रिमियर समारोहमा सार्वजनिक रूपमा सहभागी भएको चर्चा छ।

ADVERTISEMENT

रामकृष्ण ढकालद्वारा निर्माण गरिएको ‘मालती मंगले’ आगामी शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा रविको उपस्थितिले विशेष चासो आकर्षित गरेको छ।

ADVERTISEMENT

यसबीच रवि र रामकृष्णबीचको सम्बन्धलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेका छन्। जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिने क्रममा रविले आफू रामकृष्ण ढकालले पठाएको गाडीमा चढेर निस्किएको बताएका थिए। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा रामकृष्णमाथि समेत विभिन्न टिप्पणी र आलोचना भएको थियो।