काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल, मसला तथा अन्य कृषि उपजको खुद्रा मूल्य निर्धारण गरेको छ । समितिका अनुसार बजारमा हरियो तरकारीदेखि फलफूल र माछासम्मका मूल्य अद्यावधिक गरिएको हो ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बोडी (तने) प्रतिकिलो ५० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, मटरकोसा ७० रुपैयाँ र घिउ सिमी (लोकल) ७० रुपैयाँ कायम गरिएको छ । त्यस्तै घिउ सिमी (हाइब्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटेसिमी ३५ रुपैयाँ तथा भटमास कोसा १४० रुपैयाँमा बिक्री भइरहेको छ ।
तीते करेला प्रतिकिलो ५० रुपैयाँ, लौका ५५ रुपैयाँ, परवर (लोकल) ६० रुपैयाँ, परवर (तराई) ५० रुपैयाँ, चिचिन्डो ४० रुपैयाँ, घिरौँला ५० रुपैयाँ र झिगुनी ६० रुपैयाँ तोकिएको छ । पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ४५ रुपैयाँ, हरियो फर्सी (डल्लो) ३० रुपैयाँ तथा भिन्डी ५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चमसुरको साग १२० रुपैयाँ, मेथीको साग १४० रुपैयाँ तथा हरियो प्याज १५० रुपैयाँमा कारोबार भइरहेको छ । च्याउतर्फ कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ तथा सिताके च्याउ सबैभन्दा महँगो १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
त्यस्तै कुरिलो ३४० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सजीवन ११० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, सेलरी १३० रुपैयाँ, पार्सले २५० रुपैयाँ र पुदिना १५० रुपैयाँ प्रतिकिलो तोकिएको छ । गुन्द्रुक ३०० रुपैयाँ, तोफु १६० रुपैयाँ र तामा १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३२५ रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा २२० रुपैयाँ, कागती २४० रुपैयाँ तथा अनार ४४० रुपैयाँ कायम गरिएको छ । आँप (दसहरी) र हरियो अङ्गुर दुवै प्रतिकिलो २८० रुपैयाँमा बिक्री भइरहेको छ ।
तरबुजा प्रतिकिलो ३५ रुपैयाँ, काँक्रो (लोकल) ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ र काँक्रो (लोकलक्रस) ७० रुपैयाँ तोकिएको छ । मेवा (नेपाली) ९० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, लिचि २०० रुपैयाँ तथा एभोकाडो सबैभन्दा महँगो फलफूलमध्ये एकका रूपमा प्रतिकिलो ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
मसलातर्फ अदुवा १६० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो) ७० रुपैयाँ, बुलेट खुर्सानी ७० रुपैयाँ तथा हरियो लसुन २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
यसैगरी ताजा माछातर्फ रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी माछा २६० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।








