ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरका चार स्थानीय तहमा पालिका सभापति चयन भएका छन्।

पार्टीको पालिका अधिवेशनअन्तर्गत कोन्ज्योसोम, बागमती, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो।

ADVERTISEMENT

कोन्ज्योसोम गाउँपालिकाको सभापतिमा जीवनकुमार तामाङ बल चयन भएका छन्। त्यस्तै, बागमती गाउँपालिकाको सभापतिमा वीरबहादुर लोप्चन चयन भएका छन्।

ADVERTISEMENT

यसैगरी महांकाल गाउँपालिकाको सभापतिमा तुलाप्रसाद तिमल्सिना चयन भएका छन् भने गोदावरी नगरपालिकाको सभापतिमा शेखर न्यौपाने चयन भएका छन्।

पालिका सभापति चयनसँगै ललितपुरका यी चार स्थानीय तहमा कांग्रेसको स्थानीय तहको नयाँ नेतृत्व तय भएको छ। अब सम्बन्धित पालिकामा चयन भएका सभापतिको नेतृत्वमा पार्टीको स्थानीय संगठन तथा आगामी गतिविधि अघि बढ्नेछ।

पालिका अधिवेशन पार्टीको १५ औँ महाधिवेशनको सांगठनिक प्रक्रियाअन्तर्गत भइरहेको हो।