काठमाडौं । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले यो सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने, ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरुपमा प्रतिबद्ध छ ।’

ADVERTISEMENT

उनले संविधान जति राम्रो भएपनि च्यसलाई चलाउने हातहरु इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागज मात्रै हुने बताए । ‘तर, एउटा कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन । संविधान जति राम्रो भएपनि त्यसलाई चलाउने हात तमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ’, उनले भने ।

ADVERTISEMENT

उनले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको दाबी पनि गरे । ‘म प्रष्ट भन्छु- यो सुरुवात हो, अन्त्य होइन ।

भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरु बलिया छन् । झन् धेरै छन्’, उनले अघि भने, ‘विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ ।

ADVERTISEMENT

उनले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको बताए ।