काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन चार दिनपछि काठमाडौं फर्किएका छन् । रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आइतबार आइतबार चितवन गएका थिए ।

रास्वपाको महाधिवेशनमा मत नहालीकनै बुधबार श्रीमती सविना काफ्ले र छोरीलाई साथमा लिएर बालेन काठमाडौं फर्किएका हुन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बालेन आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ फर्किएका हुन् ।

ADVERTISEMENT

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए । उनी मंगललबारको बन्दसत्रमा सहभागी भएका थिए ।  चितवन रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।

रास्वपाको ९९ केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ । आज अपराह्नदेखि पहिलो चरणको निर्वाचन हुँदैछ । सोमबार पदाधिकारीको निर्वाचन हुनेछ । बालेन पार्टीको वरिष्ठ सदस्यमा पुनः मनोनीत हुने सहमति भइसकेको छ । रास्वपाका सबै मन्त्री महाधिवेशनमा गएकाले तीन दिनदेखि सिंहदरबारमा एकजनाबाहेक अन्य मन्त्रीको उपस्थिति छैन । विज्ञानमन्त्री महावीर पुन मात्र सिंहदरबारमा छन् ।

ADVERTISEMENT