काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका नेतृत्वकर्ता तथा पदाधिकारी सहभागी हुनेछन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार प्रधानमन्त्री कार्यालयबाट छलफलका लागि औपचारिक निमन्त्रणा गरिएको हो।

ADVERTISEMENT

उद्योगी–व्यवसायीहरूले सरकारले बजेट ल्याउनुअघि नै निजी क्षेत्रका समस्या, लगानीको वातावरण, आर्थिक गतिविधि र व्यवसायिक चुनौतीबारे प्रधानमन्त्रीसँग छलफल गर्न चाहेका थिए।

ADVERTISEMENT

 

ADVERTISEMENT