काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन्।

नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले दमन र ज्यादती सुरु गरेको आरोप लगाए। उनले विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताए।

ADVERTISEMENT

चाडपर्वपछि देशको परिस्थितिलाई हेरेर नयाँ आन्दोलन अघि बढाउनुपर्ने उनको भनाइ छ। यसअघि पनि प्रचण्डले विचार मिल्ने शक्तिहरूबीच सहकार्य र साझा मोर्चा निर्माणको आवश्यकता औँल्याएका थिए।

ADVERTISEMENT