काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरेको छ।

बैंकको शाखा कार्यालय दमकमार्फत गरिएको सहयोग बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई हस्तान्तरण गरेका हुन्। उक्त उपकरणले सर्पदंश लगायतका आकस्मिक अवस्थाका बिरामीको स्वास्थ्य अवस्था निगरानी तथा श्वासप्रश्वाससम्बन्धी उपचारमा सहयोग पुग्ने बैंकले जनाएको छ।

ADVERTISEMENT

सभापति बुढाथोकीले सहयोगका लागि बैंकलाई धन्यवाद दिँदै कार्डियो मोनिटर र सक्सन मेसिन आकस्मिक उपचारका लागि उपयोगी हुने बताए। प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी स्रोतसाधन थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए।

ADVERTISEMENT

बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको जनाएको छ। कार्यक्रममा बैंकका कर्मचारी तथा नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT