काठमाडौं । कामना सेवा विकास बैंकले कमलादीस्थित स्काइवाकसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काइवाक नेपालको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काइवाक नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।







