काठमाडौं । कामना सेवा विकास बैंकले डोर स्टेप बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो उक्त सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको बताएको हो ।

ADVERTISEMENT

उक्त सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ ।

ADVERTISEMENT

अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खातावाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् । यो सुविधाहरु निशुल्क रुपमा प्रदान गरिएको छ ।

ग्राहकले आफ्नो मोवाईल बैंकिङ एपमार्फत् आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैैंक प्रतिनिधिले अनुरोध गरिएको स्थान सम्मनै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री वनार्ईको छ ।

ADVERTISEMENT

बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले विश्वका केही विकशित देशहरुमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेतापनी नेपालको बैंकिङ ईतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सुविधाको थालनी गरेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो सेवा रहेको उनको भनाई छ ।