काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पाँच सदस्यीय समिति गठन गरेको छ।

मंगलबार एयर डाइनेस्टीको हेलिकप्टर (९ एन–एओडी) र फिस्टेल एयरको हेलिकप्टर (९ एन–एजेआर) एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए।

ADVERTISEMENT

प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो।

ADVERTISEMENT

समितिलाई दुर्घटनाको कारण र त्यसमा संलग्न कारक तत्त्वको अध्ययन तथा विश्लेषण गरी भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।