ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले क्षेत्र नं. १ मा कृष्णचन्द्र महर्जन, क्षेत्र नं. २ मा जयकृष्ण बोगटी र क्षेत्र नं. ३ मा सुन्दरकृष्ण महर्जनलाई सर्वसम्मत क्षेत्रीय सभापतिमा चयन गरेको छ।

त्यस्तै, ललितपुर महानगरपालिकाको सभापतिमा शरद महर्जन, महालक्ष्मी नगरपालिकामा वेदप्रसाद तिमल्सिना, गोदावरी नगरपालिकामा दीपेन्द्र रमण डंगोल, बागमती गाउँपालिकामा दिल लामा, कोन्ज्योसोम गाउँपालिकामा माधव घिमिरे र महाँकाल गाउँपालिकामा पुरुषोत्तम तिमल्सिना निर्वाचित भएका छन्।

गोदावरी नगरपालिका–१० टाहाखेलमा मंगलबार क्षेत्र नं. १ को अधिवेशन सम्पन्न भएसँगै जिल्लाका तीनवटै क्षेत्रमा नयाँ नेतृत्व चयन प्रक्रिया पूरा भएको हो। अब जिल्ला अधिवेशनको तयारी अघि बढाइएको जिल्ला संयोजक सुदर्शन घिमिरेले जानकारी दिएका छन्।










