चितवनको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको पोस्टमर्टम गर्दा विभिन्न संक्रामक रोग पहिचान गरेको छ। चितवनको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा करिब सात हजार कुखुराको पोस्टमर्टम गरी विभिन्न रोग पहिचान गरेको छ। चितवनसहित १६ जिल्लाका किसानले ल्याएका कुखुराको पोस्टमर्टम गरिएको हाे  ।

पोस्टमर्टमसँगै प्रयोगशालाले विभिन्न विधिबाट कुखुराको नमुना परीक्षणसमेत गरेको छ। एक हजार ५०० नमुना परीक्षण गर्दा इकोलाई २२ प्रतिशत, गम्बारो १३ प्रतिशत र क्रोनिक रेस्पिरेटरी डिजिज (सीआरडी) नौ प्रतिशतमा देखिएको थियो। यस्तै, ढुसीजन्य रोग नौ प्रतिशत, सीसीआरडी चार प्रतिशत र साल्मोनेलोसिस ३.५ प्रतिशतमा पहिचान भएको छ।

द्रुत परीक्षण गरिएका २७८ नमुनामध्ये ४७ वटामा एभियन इन्फ्लुएन्जा देखिएको छ। १७६ गम्बारो परीक्षणमा १०९, ९९ रानीखेत परीक्षणमा सात र ४६ आइबी परीक्षणमा दुई नमुनामा संक्रमण पुष्टि भएको हाे ।

ADVERTISEMENT

पीसीआर विधिबाट परीक्षण गरिएका नमुनामा साल्मोनेला र माइकोप्लाजमा तथा एलाइजा परीक्षणमा माइकोप्लाजमा र चिकेन इन्फेक्सस एनेमिया भाइरससमेत देखिएको छ। ९०० नमुना कल्चर गर्दा ७८९ वटामा संक्रमण भेटिएको प्रयोगशालाले जनाएको छ।

ADVERTISEMENT

संक्रमित कुखुरामा प्रयोग गर्नुपर्ने एन्टिबायोटिकबारे सेवाग्राहीलाई परामर्श दिइएको थियाे ।  कुखुराजन्य रोग नियन्त्रणका लागि जैविक सुरक्षा अनिवार्य छ। जैविक सुरक्षा कमजोर हुँदा रोग फैलिने जोखिम हुन्छ ।

ADVERTISEMENT