काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पत्र बुझाएका हुन्।
बडाललाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा महान्यायाधिवक्ता नियुक्त गरिएको थियो। नयाँ सरकार गठन भएपछि परम्परा अनुसार सरकारका कानुनी सल्लाहकारले पद त्याग गर्ने चलनअनुसार उनले पनि राजीनामा दिएका हुन्।
महान्यायाधिवक्ताको कार्यकालमा उनले तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कुनै मुद्दा नभएको उल्लेख गर्दै पत्र जारी गरेपछि उनको भूमिका व्यापक चर्चामा आएको थियो।
संविधान अनुसार महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हुने व्यवस्था छ।










