नेपाल राष्ट्र बैंकले आज असोज ३१ अर्थात् अक्टोबर १७ तारिख शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ २४ पैसा छ।

ADVERTISEMENT

शुक्रबार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा थियो। हिजोको तुलनामा आज अमेरिकी डलरको मूल्य केही घटेको हो।

ADVERTISEMENT

यस्तै आजका लागि युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

यसैगरी आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ १९ पैसा छ भने बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा छ।

ADVERTISEMENT

अस्ट्रेलियन डलर १ को खरिददर १०५रुपैयाँ ५६ पैसा, बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा छ भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।

बाँकी मुद्राको विनिमयदर सूचीमा हेर्नुहोस्