काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार आवश्यकताअनुसार संसदीय दलको विधान संशोधनका लागि आवश्यक सुझाव तथा प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ।
कार्यदललाई आफ्नो काम पूरा गर्न सात दिनको समय तोकिएको उपनेता पराजुलीले जानकारी दिए।
विधान संशोधनमार्फत संसदीय दलको संरचना तथा कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने उद्देश्यले कार्यदल गठन गरिएको जनाइएको छ।





