सुनसरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्।निर्वाचन समितिका अनुसार दाहालले १४२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए।

उपसभापतिमा राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी देविका भण्डारीले ७४ मत प्राप्त गरेकी थिइन्।त्यसैगरी, सचिवमा राजारामकुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन्।

ADVERTISEMENT

सदस्य पदमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, धर्मवीरकुमार आर्य, रेणुका हरिजन र गोकुल थापा निर्वाचित भएका छन्।

 

ADVERTISEMENT