काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भदौ ७ देखि १४ गतेसम्म चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा लामिछानेले उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उनको प्रारम्भिक कार्यतालिकामा राष्ट्रपति सी चिनफिङसँग भने भेटवार्ता छैन ।
लामिछाने पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानेछन् । प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौड्याल पनि रहनेछिन् । बेइजिङपछि टोली तिब्बत हुँदै कैलाश मानसरोवर जाने कार्यक्रमसमेत रहेको जनाइएको छ ।
यसअघि लामिछानेले भाजपाको निमन्त्रणामा भारत भ्रमण गरेका थिए ।





