काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतलनिवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँग भेट गरेपछि लामिछाने राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए ।
भेटका क्रममा लामिछानेले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित नागरिकको उद्धार र राहतका लागि भइरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्रीबाट प्राप्त जानकारीपछि लामिछानेले राष्ट्रपति पौडेललाई बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था र सरकारी प्रयासबारे ‘ब्रिफिङ’ गरेका हुन् ।







