काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज साँझ ५ः३० बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएका छन्।

बैठकमा पार्टीका बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गरी अनुमोदनका लागि पेस गर्ने तयारी गरिएको छ। रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ।

त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य समेत मनोनयन गर्ने तयारी रहेको पार्टीले जनाएको छ। बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई जानकारी गराइसकिएको छ।

ADVERTISEMENT

यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो। आजको बैठकले पार्टीको संगठनात्मक संरचनालाई थप पूर्णता दिने अपेक्षा गरिएको छ।

ADVERTISEMENT