काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले आज पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

चीन भ्रमणका क्रममा हुने कार्यक्रम र आवश्यक तयारीबारे सल्लाह लिन प्रतिनिधिमण्डलले लामिछानेसँग भेट गरेको हो । उक्त टोलीले यसअघि शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग पनि भेट गरेको थियो ।

ADVERTISEMENT

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ ।

ADVERTISEMENT