काठमाडौँ । काठमाडौँ महानगरपालिका, कानुन तथा मानव अधिकार विभागले सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बहालमा लिइएको फ्ल्याट खाली गर्न सूचना जारी गरेको छ।

न्यायिक समितिबाट भएका निर्णयहरूमध्ये सहकारी संघ संस्थाले बहालमा लिएका घर, कोठा र फ्ल्याट खाली गराउने सम्बन्धमा गत साउन १६ गते निर्णय कार्यान्वयन समितिको बैठक बसेको थियो। उक्त बैठकको निर्णय अनुसार महानगरपालिकाले यो सार्वजनिक सूचना प्रकाशन गरेको हो।

ADVERTISEMENT

सविता कुमारी बस्नेत वादी र सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक मन प्रसाद राई प्रतिवादी रहेको मुद्दामा न्यायिक समितिले २०८३ जेठ १० गते निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ मा रहेको उक्त घरको बहाल रकम दिलाई भराई फ्ल्याट तथा कोठा खाली गराई पाऊँ भनी परेको मुद्दामा महानगरपालिकाले यस्तो ताकेता गरेको हो।

ADVERTISEMENT

सूचना अनुसार सन्ध्या बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा सदस्यहरूले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्नेछ। तोकिएको १५ दिनको समयसीमाभित्र सम्पर्क नगरेमा कानुन र नियमानुसार प्रक्रिया अगाडि बढ्ने कुरा सूचनामा प्रस्ट पारिएको छ।

765928105_3504328563064406_2154949386010419870_n

ADVERTISEMENT