काठमाडौं । सत्तारुढ रास्वपा केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा सुरु भएको छ । बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सारेर दिउँसो करिब साढे १ बजेदेखि सुरु भएको हो ।

आजको बैठकमा महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रमसञ्चालन लगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।

ADVERTISEMENT

सभापति लामिछानेको अध्यक्षतामा बसिरहेको बैठकको सुरुवातमा शपथ खान छुटेकी केही केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ADVERTISEMENT

बैठकमा महाधिवेशनको समीक्षा, आगामी कार्यदिशा र समसामयिक विषयलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

नेताहरूका अनुसार सभापति लामिछानेले बाँकी पदाधिकारी र ५१ मध्ये केही केन्द्रीय सदस्य मनोनीतको प्रस्ताव गर्ने भएका छन् । स्रोतका अनुसार अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्यमा क–कसलाई पठाउने भन्नेमा बालेन्द्र शाह बालेन पक्षले नाम पठाइसकेको छैन ।