काठमाडौं । दुबईबाट काठमाडौंका लागि उडेको फ्लाईदुबईको विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको लखनउतर्फ डाइभर्ट गरिएको छ।

फ्लाईदुबईको एफडीबी ५३९ (एफजेड ५३९) उडान नम्बरको बोइङ ७३७ म्याक्स विमानले काठमाडौंको आकाशमा एक घण्टाभन्दा बढी समय ‘होल्ड’ गर्दै अवतरणको प्रयास गरेको थियो। तर, मौसम अनुकूल नभएपछि विमानलाई लखनउतर्फ मोडिएको हो।

ADVERTISEMENT

विमानले काठमाडौं र आसपासको आकाशमा लामो समय फन्को मारे पनि सुरक्षित अवतरण सम्भव नभएपछि भारतको लखनउ विमानस्थलमा अवतरण गरेको जनाइएको छ।

ADVERTISEMENT

तालिकाअनुसार उक्त विमान साँझ ७:३० बजे काठमाडौं अवतरण गर्ने समय तय गरिएको थियो। ढिलो गरी राति ८:५६ बजे अवतरण हुने अनुमान गरिए पनि प्रतिकूल मौसमका कारण अन्ततः विमानलाई वैकल्पिक गन्तव्यतर्फ पठाइएको हो।