काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, आज भने सामान्य घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंक घटेर २६५३.४० विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स २.६५ अंक, फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक घटेको छ।

ADVERTISEMENT

१३ मध्ये पाँच उपसमूहको परिसूचक मात्र बढेको छ । वित्त उपसमूहको परिसूचक १.०६ प्रतिशत बढेको छ। विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको बैंकिङ उपसमूहको परिसूचक ०.९६ प्रतिशत घटेको छ।

ADVERTISEMENT

नेप्से घटे पनि शुक्रबार कारोबार रकम बढेको छ। बिहीबार चार अर्ब ११ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३४५ स्टकको ४६ हजार २३४ पटकको कारोबारमा चार अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँबराबरको ८५ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

शुक्रबार ४ प्रतिशत एग्रीकल्चरल बण्डको ४३ करोड रुपैयाँबराबरको सो बण्ड किनबेच भएको छ। करिब ४० करोड रुपैयाँबराबरको ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

आज तीन स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल फाइनान्सको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ । खानी खोला हाइड्रोपावरको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ।