काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४६.७८ अंकले घटेर २७९६ अंकमा झरेको छ।बजार खुलेको पहिलो एक घण्टासम्म उतारचढाव देखिए पनि त्यसपछि परिसूचक निरन्तर ओरालो लागेको हो। यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर नेप्से २८७५ अंकसम्म पुगेको थियो। त्यसयता दुई दिनमा बजार करिब ७९ अंकले घटेको छ।

आजको कारोबारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकम पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको बजारमा आज १३ अर्ब १८ करोड रुपैयाँमा मात्र सीमित भएको छ, जुन करिब ३८ प्रतिशतले कम हो।

ADVERTISEMENT

समूहगत रूपमा हेर्दा व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ। त्यसैगरी बैंकिङ १.८२, विकास बैंक १.६१, वित्त २.०८, होटल तथा पर्यटन १.५६, जलविद्युत् ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, सूक्ष्मवित्त १.६४, निर्जीवन बीमा ०.९७ तथा अन्य समूह १.८३ प्रतिशतले घटेका छन्।

ADVERTISEMENT

यद्यपि केही कम्पनीको मूल्य भने बढेको छ। साल्पा विकास बैंकनेसनल हाइड्रोपावर को शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्स को ९.३३ प्रतिशत, रिडी पावर को ५.७२ प्रतिशतले वृद्धि भएको छ।

ADVERTISEMENT

आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा कालिका पावर रहेको छ, जसको मूल्य ८.४७ प्रतिशतले घटेको छ। त्यसपछि पन्चकन्या माइ हाइड्रोपावर ५.७७, थ्रीस्टार हाइड्रोपावर ५.३७ तथा ट्रेड टावर को शेयर मूल्य ४.४७ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, एपी पावरङादी ग्रुप रहेका छन्।