काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा सम्पन्न खेलमा मिकेल ओयारजाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थप्दै स्पेनलाई सहज जित दिलाए।

ADVERTISEMENT

ओयारजाबालले खेलको ३६औँ मिनेटमा गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि ६६औँ मिनेटमा पेड्रो पोरोले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। यो पोरोको अन्तर्राष्ट्रिय फुटबल करिअरको पहिलो गोल पनि हो।

ADVERTISEMENT

खेलको ८९औँ मिनेटमा ओयारजाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित सुनिश्चित गरे।

यस जितसँगै स्पेनले अन्तिम १६ मा स्थान बनाएको छ। अब स्पेनले क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।

ADVERTISEMENT