काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’को जारी खेलमा जोर्डनले १-० गोलको अग्रता बनाएको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान्ता क्लारामा भइरहेको खेलमा जोर्डनका नाजिर अल रसदानले ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
पहिलो हाफमा दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिए पनि अल रसदानको गोलले जोर्डनलाई महत्वपूर्ण बढत दिलाएको छ।
खेल जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।






