काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत पीडितहरूलाई आवश्यक राहतस्वरुप खाद्यान्न सामग्रीलगायत लत्ताकपडा वितरण गरेको हो ।

असार १ गतेका दिन भएको आगलागीमा परेर आठवटा घर पूर्ण रूपमा नष्ट भएको थियो । घरबारविहीन भएका परिवारहरूलाई सानै भए पनि राहत सहयोगले दिनचर्यामा सहजता आउने विश्वास बैंकले लिएको छ ।

पीडितहरूलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका प्रमुखलगायत अन्य कर्मचारीहरू तथा टोलका समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामाग्री एवं लत्ताकपडा, कुकर, डाडु तथा पिठो रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठमन्दिरहरूमा सहयोग गरिसकेको छ ।

ADVERTISEMENT

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

ADVERTISEMENT

सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।