काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को निलम्बनमा परेको छ।

फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

फिफाले एन्फाको गतिविधिमा तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै निलम्बनको निर्णय गरेको जनाएको छ।

ADVERTISEMENT

निलम्बनसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। यस निर्णयपछि नेपालका राष्ट्रिय फुटबल टोली, एन्फाका प्रतिनिधि तथा नेपाली क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छन्।

ADVERTISEMENT

फिफाले निलम्बन फुकुवा हुनका लागि आवश्यक सर्तहरू पूरा गर्नुपर्ने उल्लेख गर्दै त्यसबारे थप जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ।

ADVERTISEMENT

फिफाको यो निर्णयले नेपाली फुटबलमा गम्भीर असर पार्ने देखिएको छ। विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिता, विकास कार्यक्रम तथा फिफाबाट प्राप्त हुने सहयोगमा समेत प्रभाव पर्ने सम्भावना रहेको छ।