काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरु विरोधमा उत्रिएका छन्।

पाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिएका छन्।

उनीहरुले आफूहरुले जितेको मेडलसमेत एन्फालाई उपहार दिएको भन्दै एन्फाको गेटमा झुण्डाइदिएका छन्। नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको उनीहरुको भनाइ छ ।

ADVERTISEMENT

यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ए डिभिजन गर्ने सहमति गरेका थिए। यो वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र आजदेखि हेटौंडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको थियो।

ADVERTISEMENT

राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। बाँकी आठ ए डिभिजन क्लबको भने प्रतिनिधित्व हुनेछैन।

ADVERTISEMENT