काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । चितवन भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उपस्थित छन् ।

महाधिवेशनको रास्वपा सभापति लामिछाने र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले घन्टी बजाएर उद्घाटन गरेका थिए । प्रधानमन्त्री बालेनले कांग्रेस सभापति थापालाई घन्टी प्रदान गरेका थिए ।

ADVERTISEMENT

रास्वपा महाधिवेशनस्थलमा प्रधानमन्त्री बालेन, रास्वपा सभापति लामिछाने, कांग्रेसका सभापति गगन थापा पुग्दा हुटिङ भएको थियो । कांग्रेस सभापति थापालाई रास्वपा महाधिवेशन मञ्चमा प्रवक्ता मनिष झाले स्वागत गरेका थिए।

ADVERTISEMENT

सभापति थापा कार्यक्रम स्थल प्रवेश गर्दादेखि सो दृश्य स्क्रिनमा देखाइएको थियो। उक्त दृश्यपछि कार्यक्रम स्थलमा भेला भएका रास्वपा कार्यकर्ताहरूले सिठ्ठी बजाएर हुटिङ गरेका थिए। रास्वपा कार्यकर्ताहरूले अरू नेता आउँदा पनि हुटिङ गरेका छन्।