काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई कडा निर्देशन दिएका छन् । उनले सबै सांसदहरूको लेटरहेड र कार्डलगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा जारी रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा लामिछानेले सांसदहरूलाई आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

ADVERTISEMENT

धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै उनले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिएका छन् । उनले आगामी निर्वाचनको टिकटबारे पनि कुनै पनि सांसदले कसैलाई प्रतिबद्धता नदिन निर्देशन दिए ।

१० महिनापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा रास्वपाका सांसदहरूले आआफ्ना उम्मेदवार खडा गरेको पाइएपछि रविले यस्तो निर्देशन दिएका हुन् ।

ADVERTISEMENT

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचनपूर्व प्रशिक्षणका लागि वैशाख २० देखि उम्मेदवार क्लबको अभ्यास हुँदै गरेको रविले बताए । ‘त्यसपछि उम्मेदवार सिस्टमले चयन गर्ने छ । टिकटका विषयमा गलत अभ्यास भएको भेटिए, कसैलाई केही भनेको पाइएन कारबाहीको भागीदार हुनुपर्छ,’ उनले भने ।