काठमाडौं । सत्तारुढ दल रास्वपा सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहसँग ‘नेपालले भारतको जमिन मिचेको’ प्रमाण मागेकी छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई नेपालले भारतको जमिन मिचेको तथ्य सार्वजनिक गर्न माग गरेकी हुन् ।

‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु,’ तामाङले लेखेकी छन्, ‘किनकि, सधैँभरि मलगायत हामी नेपालीले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो, तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ ! जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

ADVERTISEMENT

अहिलेसम्म रास्वपाका कुनै पनि सांसदले आशिकाले जसरी प्रधानमन्त्री बालेनसँग जवाफ माग्न सकेका छैनन् । रास्वपाले पनि यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । बरु रास्वपाका नेता कार्यकर्ता बालेनको अभिव्यक्तिको बचाउमा लागेका छन् ।

ADVERTISEMENT

रास्वपा सभापति रवि लामिछाने आजै भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।