काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भक्कानिएकी छन्। गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणबारे भावुक हुँदै धारणा राखिरहेका बेला उनी भावविह्वल बनेर रोएकी हुन्।

संसद्मा सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले गणेश नेपालीको ज्यान बचाउन आफूले रातभरि दौडधुप गरेको उल्लेख गर्दै त्यसलाई ‘स्टन्टबाजी’ भन्नेहरूको आलोचना गरेका थिए। उनको भावुक अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठकमा केहीबेर स्तब्धता छाएको थियो।

ADVERTISEMENT

त्यसक्रममा रास्वपाका सांसदहरूको अनुहार पनि मलिन देखिएको थियो। आशिका तामाङ भने दुई हातले अनुहार छोपेर भक्कानिएर रोएकी थिइन्।

ADVERTISEMENT

आशिकाको छेउमा बसेकी सांसद श्रद्धा कुँवरले उनको अवस्था नियालिरहेकी थिइन्। त्यसपछि रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धिताल आशिकाको सिटमा पुगेर उनलाई सम्झाउने प्रयास गरेकी थिइन्।

गणेश नेपालीको आत्मदाह प्रयास र उपचारका क्रममा भएको निधनको विषयलाई लिएर शुक्रबार प्रतिनिधिसभामा पक्ष–विपक्षका सांसदहरूले गम्भीर चासो व्यक्त गरेका थिए।

ADVERTISEMENT