काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर तारेख बुझेका छन् ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा बुधबारलामिछानेले तारेख लिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए ।
सो मुद्दामा उनी यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । अदालतले उनको अर्को तारेख असार ११ गतेका लागि तोकेको छ । रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने कास्की जिल्ला अदालतले निर्णय गरेको छ । अब उनीमाथि सहकारीको मुद्दामात्र कास्की जिल्ला अदालतमा रहनेछ ।
कास्कीबाहेक अन्य जिल्ला अदालतले भने रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिएका छैनन् ।








