रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ।
चन्द्रपुर अन्तर्गत बृन्दाबन नगरपालिका -७ धमौराटोल निवासी ३५ वर्षीया फूलकुमारी देवीको घर भत्किँदा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी रोहित कुमार शर्मा बधाईका अनुसार हुरीका कारण टायलको छानो र बाँसको बार भएको एकतले कच्ची घर भत्किएको थियो। घटनामा गम्भीर घाइते भएकी फूलकुमारीको उपचारका क्रममा राति बेटर नेपाल अस्पतालमा मृत्यु भएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

ADVERTISEMENT