बारा । बाराको फेटा स्वास्थ्य चौकी घटनापछि भवनभित्र थुनिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित करिब ३८ जना सरकारी कर्मचारीको उद्धार गरिएको छ।

स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि तनावग्रस्त बनेको स्वास्थ्य चौकीको मुख्य भवनमा घेरिएका उनीहरूलाई करिब दुई घण्टापछि सकुशल बाहिर निकालिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

ADVERTISEMENT

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार शनिबार बिहान घटना भएपछि स्वास्थ्य चौकीको मुख्य भवनमा इन्स्पेक्टरसहित केही निजामती कर्मचारी पनि थिए। अवस्था बिग्रिएपछि उनीहरू भवनभित्रै घेरिएका थिए।

ADVERTISEMENT

बिहान साढे १० बजेदेखि थुनिएका कर्मचारीलाई करिब दुई घण्टापछि उद्धार गरिएको प्रशासनले जनाएको छ।

शनिबार बिहान फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र उनको विपक्षी समूहबीच विवाद भएको थियो। विवादले उग्ररूप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको बताएको छ। सोही क्रममा स्थानीय युवक आदित्य पासवानलाई गोली लागेको थियो।