काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशभरका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्। पहिरो, लेदो र खोलामा पानीको बहाव बढ्दा विभिन्न जिल्लाका राजमार्ग तथा सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा माथिबाट पहिरो खसेपछि दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

ADVERTISEMENT

त्यस्तै, बीपी राजमार्गको काभ्रे खण्ड पनि अवरुद्ध भएको छ। शनिबार बिहान ४ः५५ बजेदेखि रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो आएपछि सडक पूर्ण रूपमा बन्द भएको हो।

ADVERTISEMENT

सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि सडक माथिबाट सुक्खा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको छ। मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा समेत यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।

यसैगरी, ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा पनि आवागमन बन्द भएको छ। कान्तिलोकपथअन्तर्गत ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाट क्षेत्रमा अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो।

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि यातायात बन्द भएको छ। पाल्पाको रामपुर नगरपालिका–१ कासिबनस्थित कालीगण्डकी करिडोरको पक्की सडकमा पनि ढुङ्गासहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्डमा पनि यातायात अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भइरहेकाले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।