टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गरेपछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा हुने र तेल आपूर्तिमा अवरोध उत्पन्न हुने सम्भावना बढेको छ।

ADVERTISEMENT

आगामी हप्ता चीनको भ्रमणमा जान लागेका राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणलाई सम्भवतः इरान युद्धको अन्त्यका प्रयासका लागि केन्द्रित गर्ने देखिएको छ। ‘मैले भर्खरै इरानका तथाकथित प्रतिनिधिहरूको प्रतिक्रिया पढेको छु। मलाई यो मन परेन । यो पूर्ण रूपमा अस्वीकार्य छ,’ उनले भने ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेका छन्, ‘हामी शत्रुसामु कहिल्यै झुक्दैनौं र यदि वार्ता वा संवादको कुरा हुन्छ भने यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु हुँदैन ।’

ADVERTISEMENT

जापानस्थित इन्धन बजार विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपतिको भनाइ सार्वजनिक भएसँगै निक्केई ०.४ प्रतिशत र ह्याङ सेङ ०.३४ प्रतिशतले घटेको थियो, तर सियोलको कोप्सी चार प्रतिशतले बढेको थियो ।

टोकियोमा विशाल जापानी गेमिङ कम्पनीले शुक्रबार यस वर्ष कम नाफा कमाउने चेतावनी दिएपछि निन्टेन्डोको सेयरमा लगभग १० प्रतिशतले गिरावट आएको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि तयारी गर्न चीन जानुअघि जापान र दक्षिण कोरिया भ्रमण गर्ने कार्यक्रम छ ।जापानमा बेसेन्टले मंगलबार प्रधानमन्त्री साने ताकाइचीलाई भेट्ने तयारी गरेका छन् ।