काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्नो राजीनामा बुझाएको स्रोतले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले हालसम्म उनको राजीनामा स्वीकृत गरिसकेको छैन। यसअघि सरकारले जारी गरेको अध्यादेशअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थान (वीर अस्पताल) का पदाधिकारीहरू स्वतः पदमुक्त भइसकेका थिए।

ADVERTISEMENT

तर डा. शर्माले अध्यादेशको मर्मअनुसार नै आफूले राजीनामा दिएको बताएका छन्। अध्यादेश कार्यान्वयनपछि उनी औपचारिक रूपमा पदमुक्त भने भएका थिएनन्।

ADVERTISEMENT

उनको राजीनामापछि हाल वीर अस्पताल नेतृत्वविहीन अवस्थामा पुगेको छ। स्वास्थ्य क्षेत्रका सरोकारवालाले यस्तो अवस्थाले अस्पतालको दैनिक सेवा तथा प्रशासनिक कार्यमा असर पर्न सक्ने बताएका छन्।

सरकारले हालै विभिन्न निकायमा भएका नियुक्तिहरू खारेज गर्न अध्यादेश ल्याएको थियो, जसअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतका पदाधिकारीहरू पनि प्रभावित भएका थिए।

ADVERTISEMENT