काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पदबाट बिदा भएको घोषणा गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त भएको बताएका हुन्। उनले पदबाट बिदा भए पनि समाज र परिवर्तनप्रतिको आफ्नो उत्तरदायित्व भने कहिल्यै समाप्त नहुने उल्लेख गरेका छन्।
विज्ञप्तिमा शेर्पाले नेविसंघको १२औं महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी आफूले पाएको भए पनि उक्त कार्य सम्पन्न गर्न नसक्नु आफ्नो जीवनभर खड्किरहने बताएका छन्।

ADVERTISEMENT

उनले यस विषयमा कुनै बहाना वा दोषारोपण नगरी असफलताको सम्पूर्ण जिम्मेवारी आफूले स्वीकार गरेको स्पष्ट पारेका छन्।
‘आज कुनै बहाना वा दोषारोपण नगरी यस असफलताको सम्पूर्ण जिम्मेवारी म स्वयं स्वीकार गर्दछु,’ विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पदबाट बिदा भएको घोषणा गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त भएको बताएका हुन्। उनले पदबाट बिदा भए पनि समाज र परिवर्तनप्रतिको आफ्नो उत्तरदायित्व भने कहिल्यै समाप्त नहुने उल्लेख गरेका छन्।
विज्ञप्तिमा शेर्पाले नेविसंघको १२औं महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी आफूले पाएको भए पनि उक्त कार्य सम्पन्न गर्न नसक्नु आफ्नो जीवनभर खड्किरहने बताएका छन्।

ADVERTISEMENT

उनले यस विषयमा कुनै बहाना वा दोषारोपण नगरी असफलताको सम्पूर्ण जिम्मेवारी आफूले स्वीकार गरेको स्पष्ट पारेका छन्।
‘आज कुनै बहाना वा दोषारोपण नगरी यस असफलताको सम्पूर्ण जिम्मेवारी म स्वयं स्वीकार गर्दछु,’ विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।